इरानमा कार दुर्घटना हुँदा ५ जनाको मृत्यु

तेहरान, पुस २६ : इरानको खोरासान रजावी प्रान्तमा मङ्गलबार भएको कार दुर्घटनामा कम्तीमा पाँच जनाको मृत्यु भएको छ ।
नेशाबुरबाट फिरोजेह जाने सडकमाखण्डमा मङ्गलबार बिहान यात्रुवाहक कार र ट्रक ठोक्किदा भएको दुर्घटनामा पाँच यात्रुको मृत्यु भएको खोरासान रजावी प्रान्तको रेड क्रिसेन्ट राहत तथा उद्धार समितिका प्रमुख अबोलफजल रफीले जानकारी दिएका छन् ।
गाडी सडकमा चिप्लिदा सो दुर्घटना भएको बताइएको छ ।
प्रकाशित मिति: १८:०६ बजे, मंगलबार, पुस २६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












