बर्दियामा ट्रक दुर्घटना, तीन जनाको मृत्यु
बर्दिया, पुस १६ : बर्दियाको ठाकुरबाबा नगरपालिका–२ मा ट्रक पल्टिँदा तीन जनाको मृत्यु भएको छ।
भैरहवाबाट धनगढीतर्फ गइरहेको लु २ ख १०....

बर्दिया, पुस १६ : बर्दियाको ठाकुरबाबा नगरपालिका–२ मा ट्रक पल्टिँदा तीन जनाको मृत्यु भएको छ।
भैरहवाबाट धनगढीतर्फ गइरहेको लु २ ख १०६८ नम्बरको ट्रक बुधबार बिहान करिब ५ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार, दुर्घटनामा दुई महिला र एक पुरुषको मृत्यु भएको छ। मृतकमध्ये मिनबहादुर शाहीको पहिचान खुलेको छ भने अन्य दुई जनाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ।
बाक्लो हुस्सुमा तीव्र गतिमा ट्रक चलाएकाले दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ।
प्रकाशित मिति: १२:५८ बजे, बुधबार, पुस १६, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-(86)-1764936079.jpg)


-1764760320.jpg)