Kathmandu Press

इन्डोनेसियामा शक्तिशाली भूकम्पको धक्का 

युरोपेली भूमध्य भूगर्भ केन्द्र (इएमएससी) का अनुसार भूकम्प पृथ्वीको सतहबाट ९७ किलोमिटर (६०.२७ माइल) गहिराइमा रहेको छ। अमेरिकी भुगर्भ विभागका अनुसार ७।६ रेक्टर स्केलको भुकम्प गएको हो।
इन्डोनेसियामा शक्तिशाली भूकम्पको धक्का 

काठमाडौं, पुस २६ : इन्डोनेसियाको तानिम्बर क्षेत्रमा मंगलबार ७.७ म्याग्निच्युडको शक्तिशाली भुकम्प गएको छ।

युरोपेली भूमध्य भूगर्भ केन्द्र (इएमएससी) का अनुसार भूकम्प पृथ्वीको सतहबाट ९७ किलोमिटर (६०.२७ माइल) गहिराइमा रहेको छ। अमेरिकी भुगर्भ विभागका अनुसार ७।६ रेक्टर स्केलको भुकम्प गएको हो।

उत्तरी अष्ट्रेलियाका केही भागहरूमा पनि भुकम्पको धक्का महसुस गरिएको थियो। भूकम्पपछि कम्तिमा चार पराकम्पनहरू गएका थिए। भुकम्प लगत्तै सुनामीको चेतावनी दिए पनि हटाइएको थियो। 

भूकम्पले पुर्‍याएको जनधनको क्षतिको विवरण सार्वजनिक हुन बाँकी छ। प्रभावित क्षेत्रमा उद्धारकर्ता खटाइएको प्राप्त विवरणहरूमा जनाइएको छ। 

प्रकाशित मिति: ०८:०५ बजे, मंगलबार, पुस २६, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्