Kathmandu Press

नेप्से परिसूचक ४७ दशमलव १५ अंकले बढ्यो

आज दुई सय ५७ वटा कम्पनीका एक करोड ४६ लाख ७६ हजार दुई सय छ कित्ता शेयर रू पाँच अर्ब ३१ करोड ४३ लाख सात हजार आठ सय ५३ मा कारोबार भएको छ। आजको कारोबारपछि बजार पुँजीकरण रू ३१ खर्ब ९३ अर्ब २१ करोड २६ लाख पुगेको छ। 
नेप्से परिसूचक ४७ दशमलव १५ अंकले बढ्यो

काठमाडाैं, पुस २५ : नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४७ दशमलव १५ अंकले बढेर दुई हजार दुई सय ११ दशमलव ७६ बिन्दुमा कायम भएको हो।

आज दुई सय ५७ वटा कम्पनीका एक करोड ४६ लाख ७६ हजार दुई सय छ कित्ता शेयर रू पाँच अर्ब ३१ करोड ४३ लाख सात हजार आठ सय ५३ मा कारोबार भएको छ। आजको कारोबारपछि बजार पुँजीकरण रू ३१ खर्ब ९३ अर्ब २१ करोड २६ लाख पुगेको छ। 

आज होटल तथा पर्यटन समूहको उपसूचक २३ दशमलव ९२ अंकले घटेको छ भने बाँकी सबै समूहको उपसूचक बढेका छन्। सबैभन्दा धेरै निर्जीवन बीमा समूहको उपसूचक दुई सय ३७ दशमलव ६१ अंक र जीवन बीमा समूहको उपसूचक एक सय ७८ दशमलव ६७ अंकले बढेको छ।

नेप्सेका अनुसार बैंकिङ समूह २९ दशमलव २२, विकास बैंक समूह एक सय २४ दशमलव २७, वित्त समूह ४९ दशमलव २४ र जलविद्युत् समूह एक सय २२ दशमलव ६१ अंकले बढेको छ। त्यस्तै लगानी समूह एक दशमलव ७६, उत्पादन समूह दुई दशमलव २६, लघुवित्त समूह नौ दशमलव ४९, म्युचुअल फन्ड समूह शून्य दशमलव २६, व्यापार समूह ७५ दशमलव ५८ अंक र अन्य समूह २९ दशमलव ६६ अंकले बढेको छ।

बरुण हाइड्रोपावर कम्पनी लिमिटेड, खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेड, छ्याङ्दी हाइड्रोपावर कम्पनी लिमिटेड, जोशी हाइड्रोपावर कम्पनी लिमिटेड, हिमालय ऊर्जा विकास कम्पनी लिमिटेडलगायत एक दर्जन कम्पनीको शेयर कारोबारमा सकारात्मक सर्किट लागेको छ। साथै स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य तीन दशमलव ५७ प्रतिशत घटेको छ। 

आजको कारोबारमा रिडी हाइड्रोपावर कम्पनी लिमिटेडको सबैभन्दा धेरै रु २० करोड १७ लाख ६८ हजार बराबरको कारोबार भएको छ। कारोबार भएको शेयर संख्याका आधारमा न्यादी ग्रुप पावर कम्पनी लिमिटेड अगाडि छ। कम्पनीको पाँच लाख ६० हजार ४७ कित्ता शेयर कारोबार भएको छ।
(((

प्रकाशित मिति: १६:४९ बजे, सोमबार, पुस २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्