Kathmandu Press

बुद्ध एयरको २४ हजारमै काठमाडौ–कोलकाता दोहोरो उडान

काठमाडौं, फागुन १ : बुद्ध एयरले काठमाडौं–कोलकत्ता उडान २४ हजार रुपैयाँमै दोहोरो उडान गर्ने भएको छ । एयरले नयाँ बर्ष २०७६ को आगमनसँगै वैसाख २ बाट....

बुद्ध एयरको २४ हजारमै काठमाडौ–कोलकाता दोहोरो उडान

काठमाडौं, फागुन १ : बुद्ध एयरले काठमाडौं–कोलकत्ता उडान २४ हजार रुपैयाँमै दोहोरो उडान गर्ने भएको छ । एयरले नयाँ बर्ष २०७६ को आगमनसँगै वैसाख २ बाट कोलकाता उडान गर्ने भएको हो ।  

शुरुमा हप्ताको तीन दिन सोमवार, बुधवार र शुक्रवार उडान सञ्चालन गर्नेछ । काठमाडौंबाट बिहान ८ बजे र कोलकाताबाट स्थानीय समय १०ः३० बजे उडान हुनेछ । कोलकाता उडान एटीआर ७२ बाट गर्ने बुद्ध एयरले विज्ञप्ती मार्फत जनाएको छ । 

व्यापार, कामकाज वा पारिवारिक भ्रमण जेसुकै भएपनि कोलकाता उडानमार्फत् भारतको पर्यटन बजारलाई नेपाल भित्र्याउने लक्ष्य बुध्द एयरले लिएको छ । उडान तथा होलिडे प्याकेजमार्फत् यसले नेपालको पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने दावी समेत गरेको छ ।  

बुध्द एयरले देशका विभिन्न भागमा दिनहुँ ४ दर्जनभन्दा बढी उडान भरिरहेको छ । अन्तर्राष्ट्रियतर्फ बुध्द एयर भारतको वाराणसीमा साताको सोमबार र शुक्रवार गरि २ उडान भरिरहेको छ ।
 

प्रकाशित मिति: १७:०८ बजे, बुधबार, फागुन १, २०७५
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्