Kathmandu Press

म्यानमारमा गाडी पल्टिँदा ५ जनाको मृत्यु, २३ जना घाइते

म्यानमारमा गाडी पल्टिँदा ५ जनाको मृत्यु, २३ जना घाइते

याङ्गुन, पुस २४ : मध्य म्यानमारको नेपी तावमा शनिबार साँझ ६ पाङ्ग्रे सवारीसाधन पल्टिँदा पाँच महिलाको मृत्यु हुनाका साथै २३ जना घाइते भएका छन्।

गाडीको दायाँ अगाडिको टायर निस्कँदा कार सडकबाट उछिट्टिएर पुरानो याङ्गुन राजमार्गको नेपी तावस्थित येजिन कृषि विश्वविद्यालय नजिकै पल्टिँदा दुर्घटना सो भएको हो।

सो दुर्घटनामा पाँच महिलाको घटनास्थलमै मृत्यु भएको  प्रहरी अधिकारीले जानकारी दिएका छन् । उक्त कारमा ३० जनाभन्दा बढी सवार रहेको बताइएको छ।

तात्कोन टाउन दिशाबाट आएको कार प्यानमाना टाउनतर्फ जाँदै गर्दा दुर्घटना भएको हो । घाइते हुनेमा १० पुरुष र १३ महिला रहेका छन्।

एक उद्धारकर्ताले सिन्ह्वालाई बताएअनुसार घाईते व्यक्तिहरूको चिउँडो, टाउको र छातीमा चोट लागेको छ। तर तिनीहरूको अवस्था भने खतारामुक्त रहेको बताइएको छ।

प्रकाशित मिति: १९:०३ बजे, आइतबार, पुस २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्