Kathmandu Press

इराकी जनसङ्ख्याको एक चौथाइ गरिबीको रेखामुनि

इराकी जनसङ्ख्याको एक चौथाइ गरिबीको रेखामुनि

इराक, पुस २४ : इराकको योजना मन्त्रालयले सन् २०२२ मा देशमा गरिबी दर २५ प्रतिशत रहेको जनाएको छ ।

'सन् २०२० र २०२१ मा कोरोनाभाइरस महामारीको असर र तेलको मूल्यमा आएको गिरावटका कारण उत्पन्न आर्थिक सङ्कटलगायत विभिन्न कारणले उच्च गरिबी दर देखिएकोे छ,' मन्त्रालयका प्रवक्ता अब्दुल जहारा अल हिन्दवीले इराकी समाचार संस्थासँग भने।

उनले भने, 'सरकारले सामाजिक हेरचाहले समेटेकाहरूको तलब बढाउने र आधारभूत खाद्य पदार्थ प्रदान गर्ने, राशन कार्ड प्रणालीमा सुधार गर्ने र गरिबहरूलाई सहयोग गर्न अन्य धेरै उपायहरू अपनाएको छ।'

सन् २०१७ को अन्त्यतिर इस्लामिक स्टेट समूहको पराजयपछि इराकको समग्र सुरक्षा स्थितिमा तुलनात्मक रूपमा सुधार आएको छ । तर राजनीतिक र सुरक्षासमस्या, आर्थिक अस्थिरता, उच्च बेरोजगारीका कारण उत्पन्न सामाजिक अशान्ति, खस्कँदो सार्वजनिक सेवा र निरन्तर निम्न जीवनस्तरलगायत महत्वपूर्ण चुनौतीहरू बाँकी नै छन्।

प्रकाशित मिति: १८:१४ बजे, आइतबार, पुस २४, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्