नानचाङमा सवारी दुर्घटना, १७ जनाको मृत्यु
घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको छ।
नानचाङ, पुस २४ : पूर्वी चीनको जियाङ्सी प्रान्तको नानचाङ काउन्टीमा आइतबार बिहान भएको एउटा भीषण सडक दुर्घटनामा १७ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन्।
घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको स्थानीय अधिकारीले जनाएका छन्।
प्रकाशित मिति: १५:४३ बजे, आइतबार, पुस २४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












