Kathmandu Press

कीभ आक्रमणका बावजुद युक्रेनमा युद्धविरामको पालना गरिरहेको रूसको दाबी

कीभ आक्रमणका बावजुद युक्रेनमा युद्धविरामको पालना गरिरहेको रूसको दाबी

मस्काे, पुस २३ : मस्कोले कीभ सैनिकको तोपखाना आक्रमणका बावजुद अर्थोडक्स क्रिसमसको उपलक्ष्यमा युक्रेनमा युद्धविरामको पालना गरिरहेको शनिबार जनाएको छ ।

अर्थोडक्स इसाईहरूले जनवरी ७ लाई क्रिसमस पर्वका रूपमा मनाउँछन् ।  

रुसी रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'युक्रेनको सशस्त्र बलले बस्ती र रूसी स्थानहरूमा गोलाबारी गरे तापनि घोषित युद्धविरामको कार्यान्वयन जारी रहनेछ ।'

पछिल्लो २४ घण्टामा रूसी सेनाले पूर्वी युक्रेनमा युक्रेनी सेनाले गरेको आक्रमणलाई प्रतिकार गर्नुका साथै दर्जनौँ सैनिकको मृत्यु भएको विज्ञप्तिमा उल्लेख छ ।

एएफपीका पत्रकारहरूले शनिबार बिहानको अधिकांश समय भीषण गोलाबारीको आवाज सुनेका बताएका छन् ।

शनिबार युक्रेनको सशस्त्र बलका जनरल स्टाफले रूसले पछिल्लो २४ घण्टामा एउटा क्षेप्यास्त्र प्रहार गरेको र विभिन्न रकेट लञ्चरबाट २० राउण्ड तोप प्रहार गरेको बताएका थिए ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले एकतर्फी रूपमा अर्थोडक्स क्रिसमसका लागि ३६ घण्टाका लागि आक्रमण रोक्न आफ्ना सेनालाई आदेश दिएका थिए।

युक्रेनले शनिबार (स्थानीय समयानुसार २१ः०० बजे) को अन्त्यसम्म जारी रहने भनिएको रोकलाई रूसले आफ्नो सेनालाई पुनः संगठित गर्न र युद्धभूमिमा आएको शृंखलाबद्ध असफलतापछि आफ्नो प्रतिरक्षालाई बलियो बनाउन समय प्राप्त गर्ने रणनीतिको रूपमा खारेज गरेको छ।

प्रकाशित मिति: १९:५४ बजे, शनिबार, पुस २३, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्