Kathmandu Press

मिडिया वाचडगद्वारा मलेसियालाई पाकिस्तानी पत्रकारको निर्वासनबारे सोधपुछ

आरएसएफले पाकिस्तान सरकारलाई पत्रकार अहिले कहाँ र कुन अवस्थामा छन् भनी  सार्वजनिक गर्न आग्रह गरेको छ। पत्रकारको अपहरण भएको र यातना दिएको विषय केही गुप्तचर संस्थाले हालै सार्वजनिक गरेका छन्।
मिडिया वाचडगद्वारा मलेसियालाई पाकिस्तानी पत्रकारको निर्वासनबारे सोधपुछ

कराँची, पुस २३ :  मिडिया वाचडग, रिपोर्टर्स विदाउट बोर्डर्स (आरएसएफ) ले मलेसियाका अधिकारीहरूलाई मलेसियामा वर्षौंदेखि शरणार्थीको रूपमा बस्दै आएका पाकिस्तानी पत्रकारलाई देश निकाला गरेको विषयमा स्पष्टीकरण दिन आग्रह गरेको छ। 

आरएसएफले पाकिस्तान सरकारलाई पत्रकार अहिले कहाँ र कुन अवस्थामा छन् भनी  सार्वजनिक गर्न आग्रह गरेको छ। पत्रकारको अपहरण भएको र यातना दिएको विषय केही गुप्तचर संस्थाले हालै सार्वजनिक गरेका छन्। सो विषय मलेसियाका गृहमन्त्रीले स्वीकार गरेका गरेको पनि दाबी गरिएको छ। 

Hardik ivf

पत्रकार सैयद फवाद अली शाह जसलाई फवाद शाहका नामले चिनिन्छ उनी गत अगस्ट २३ देखि मलेसियामा बेपत्ता भएका थिए। यद्यपि मलेसियाली अधिकारीहरूले शाह पाकिस्तानी प्रहरी भएको र पाकिस्तान निर्वासित गरेको बताएका छन्। 
आरएसएफले विज्ञप्ति जारी गर्दै मलेसियाली अधिकारीहरूको सो दावीलाई खण्डन गर्दै शाह कहिल्यै प्रहरी अधिकारी नभएको र उनी वास्तवमा संयुक्त राष्ट्रसंघको कार्यालयले सन् २०१४ मा शरणार्थीको रूपमा प्रमाणीकरण गरेको र मलेसियामा शरणार्थी कानुनीको उपयोग गर्दै रूपमा बसोबास गरिरहेको बताएको छ। 

डनका अनुसार आरएसएफको एशिया(प्रशान्त डेस्कका प्रमुख डेनियल बास्टार्डले मलेसियाली अधिकारीहरूको त्रुटिकाकारण  पत्रकार शाह अहिले कहाँ कुन अवस्थामा छन् यकिन नभएको बताएको छ।  

प्रकाशित मिति: १७:५२ बजे, शनिबार, पुस २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्