Kathmandu Press

३० लाख प्लास्टिकका बोतलको कला प्रदर्शनी

विगत ३२ दिनदेखि यहाँ जारी रहने प्रदर्शनीमा प्लाष्टिकका बोतल, पोलिथिन, चिप्सका प्याकेट र सिगरेट फिल्टरबाट बनेका तस्बिर तथा मूर्ति समावेश गरिएको छ।
३० लाख प्लास्टिकका बोतलको कला प्रदर्शनी

ढाका, पुस २३ : बंगलादेश युवा सङ्गठनले प्लाष्टिक प्रदूषणविरुद्ध चेतना जगाउन ‘सेभ अर्थ, सेभ बङ्गलादेश’ भन्ने नाराका ३० लाखभन्दा बढी प्लास्टिकका बोतलको कला प्रदर्शनी आयोजना गरेको छ। 

विगत ३२ दिनदेखि यहाँ जारी रहने प्रदर्शनीमा प्लाष्टिकका बोतल, पोलिथिन, चिप्सका प्याकेट र सिगरेट फिल्टरबाट बनेका तस्बिर तथा मूर्ति समावेश गरिएको छ।

ढाकामा रहेको युवा सङ्गठन ‘बीडी क्लिन’ले लामो समयदेखि राजधानी ढाका र बङ्गलादेशका अन्य ठाउँमा प्लास्टिक फोहोर सफा गर्दै आएको छ।

प्लास्टिक र रासायनिक प्रदूषणसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने लक्ष्यका साथ प्रदर्शनी आयोजना गरिएको बिडी क्लिनका संयोजक मसुदुर रहमानले बताएका छन्।

प्रदर्शनीको तयारीका लागि बिडी क्लिनका सदस्यले डेढ महिनाभन्दा बढी समयदेखि देशका विभिन्न स्थानबाट प्लास्टिक सङ्कलन गरेकोे बताए। उनीहरूले निजी खर्चमा फोहोर सङ्लन गरी यातायातका विभिन्न माध्यमबाट ढाकासम्म ल्याएका जानकारी दिए।

दैनिक हजारौँ दर्शक प्रदर्शनीमा आएका तथा उनीहरू प्रस्तुत चित्रबाट आल्हादित भएका आयोजक संस्थाले बताएको छ। केही आगन्तुकले अब उप्रान्त प्लाष्टिक प्रयोग नगर्र्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

वातावरण संरक्षणका खातिर प्लाष्टिकको प्रयोगलाई निरुत्साहित गर्नुपर्नेमा उनीहरूले जोड दिएका छन्। 

प्रकाशित मिति: १७:३९ बजे, शनिबार, पुस २३, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्