Kathmandu Press

अमेरिकामा नयाँ सभामुख चयन

लामो गतिरोधपछि शनिबार बिहान कङ्ग्रेस सदस्य केभिन म्याकार्थीलाई सभामुखमा निर्वाचित गरिएको हो।
अमेरिकामा नयाँ सभामुख चयन

वासिङ्टन, पुस २३ : अमेरिकी प्रतिनिधि सभाले नयाँ सभामुख चयन गरेको छ।

लामो गतिरोधपछि शनिबार बिहान कङ्ग्रेस सदस्य केभिन म्याकार्थीलाई सभामुखमा निर्वाचित गरिएको हो।

शुक्रबार सम्पन्न मतदानमा ४२८ भोटमध्ये २१६ मत प्राप्त गर्दै उनी सभामुख चुनिएका हुन्। म्याकार्थीलाई १५ चरणको मतदान भएको थियो।

उनले डेमोक्र्याटका हाकिम जेफ्रीसलाई पराजित गरेका थिए। हाकिमले २१२ मत पाए।

प्रकाशित मिति: १३:२१ बजे, शनिबार, पुस २३, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्