Kathmandu Press

एनसेलको नयाँ वर्ष अफर, डेटा प्याकमा ५०% छुट 

काठमाडौं पुष १५ : नयाँ बर्ष २०२० को पहिलो दिन जनवरी १ मा एनसेलले आफ्ना ग्राहकका लागि ५० प्रतिशत छुटमा मासिक डेटा प्याकको अफल ल्याएको छ। 

....
एनसेलको नयाँ वर्ष अफर, डेटा प्याकमा ५०% छुट 

काठमाडौं पुष १५ : नयाँ बर्ष २०२० को पहिलो दिन जनवरी १ मा एनसेलले आफ्ना ग्राहकका लागि ५० प्रतिशत छुटमा मासिक डेटा प्याकको अफल ल्याएको छ। 

एनसेलका प्रिपेड तथा पोस्टपेड ग्राहकले ५० प्रतिशत छुटमा १६ जिबी र ६ जिबी मासिक डेटा प्याकको मजा लिन सक्नेछन् । ‘यो अफर यहि बुधबार (पुष १६) गते देखि लागु भई २४ घण्टाको लागि मान्य रहने छ’ एनसेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘एनसेलका ग्राहकले  बुधबार बिहान १२.०० बजे देखि मध्यरात ११.५९ सम्ममा ५० प्रतिशत छुटमा यी दुई वटा मासिक डेटा प्याक सुचारु गर्न सक्नेछन् ।’ 

यो योजना अन्तर्गत ग्राहकले कर सहित रु १,०२०.२४ पर्ने १६ जिबी प्याक कर सहित मात्र रु ५१०.१२ मा सुचारु गर्न सक्नेछन् । त्यस्तै यहि योजना अन्तर्गत ग्राहकले कर सहित रु ४५३.३० पर्ने मासिक ६ जिबी (३ जिबी+३ जिबी फोरजी डेटा) डेटा प्याक कर सहित मात्र रु २२६.६५ मा सुचारु गर्न सक्नेछन् । 

ग्राहकले एस्ट्रिक्स १७१२३ एस्ट्रिक्स ५० ह्यास डायल गरी प्राप्त निर्देशन अनुसार आफ्नो आवश्यकता अनुसारको डेटा प्याक सुचारु गर्न सक्नेछन् । 
 

प्रकाशित मिति: १७:०७ बजे, मंगलबार, पुस १५, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्