Kathmandu Press

हडताल बढ्दै गएपछि सरकारद्वारा युनियनहरूलाई शिखर वार्ताका लागि आह्वान

युनियनहरूको बढ्दो हडतालले अस्पताल, रेलवे र अन्य महत्त्वपूर्ण क्षेत्रमा असर गर्दै गएपछि प्रधानमन्त्रीले सो आह्वान गरेका हुन्।  
हडताल बढ्दै गएपछि सरकारद्वारा युनियनहरूलाई शिखर वार्ताका लागि आह्वान

लन्डन, पुस २२ : बेलायतका प्रधानमन्त्री ऋषि सुनकले शुक्रबार सार्वजनिक क्षेत्रका युनियनहरूलाई अर्को हप्ता सरकारसँग वार्ताका निम्ति आह्वान गरेका छन्।

युनियनहरूको बढ्दो हडतालले अस्पताल, रेलवे र अन्य महत्त्वपूर्ण क्षेत्रमा असर गर्दै गएपछि प्रधानमन्त्रीले सो आह्वान गरेका हुन्।  

प्रत्येक सरकारी विभागले आफ्नो जिम्मेवारी क्षेत्रमा हडताल गर्ने मजदुरहरूको प्रतिनिधित्व गर्ने युनियन नेताहरूलाई सोमबार बैठकमा आमन्त्रित गर्न पत्र पत्राचार गरिएको छ। 

'हामी हाम्रा सार्वजनिक क्षेत्रका कामदारहरू विशेष गरी हाम्रा नर्सहरू लगायतको समस्यामा गम्भीर छलफल गर्न चाहान्छौं,' प्रधानमन्त्रीले भनेका छन्।

प्रकाशित मिति: १८:१६ बजे, शुक्रबार, पुस २२, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्