उत्तरी युगान्डामा ट्रक र बस ठोक्किँदा १६ जनाको मृत्यु
राजधानी कम्पालाबाट गुलु जाँदै गरेको यात्रु बस आदेबे व्यापार केन्द्रमा रोकिएको ट्रकमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ।
कम्पाला, पुस २२ : उत्तरी युगाण्डाको ओयाम जिल्लामा यात्रुबाहक बस र ट्रक ठोक्किँदा १६ जनाको मृत्यु भएको प्रहरीले शुक्रबार जनाएको छ।
राजधानी कम्पालाबाट गुलु जाँदै गरेको यात्रु बस आदेबे व्यापार केन्द्रमा रोकिएको ट्रकमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ।
घटना लगत्तै प्रहरी र सर्वसाधारण घटनास्थल पुग्दा ११ जनाको घटनास्थलमै मृत्यु भएको पाइएको थियो भने अन्य चार जना उपचारकाक्रममा मृत्यु भएको बताइएको छ।
दुर्घटनाको कारण बारे भने अनुसन्धान जारी छ। पछिल्लो समय यहाँ सडक दुर्घटनाको संख्या बढ्दै गएको छ।
प्रकाशित मिति: १८:१४ बजे, शुक्रबार, पुस २२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार