Kathmandu Press

पत्नीले सम्बन्ध विच्छेद चाहेपछि सात जनाकाे गाेली हानी हत्या

पत्नीले सम्बन्ध विच्छेदको मुद्दा दायर गरेको दुई सातापछि उनीहरूको हत्या गरिएको सरकारी अधिकारीहरूले बताएका छन्। 
पत्नीले सम्बन्ध विच्छेद चाहेपछि सात जनाकाे गाेली हानी हत्या

एनोक, (उटाह) पुस २२ :  पत्नीले सम्बन्ध विच्छेदको निवेदन सम्बन्धित निकायमा दर्ता गरेपछि यहाँका एक ४२ वर्षीय पुरुषले आफ्ना पाँच छोराछोरी, सासु र पत्नीलाई गोली हानेर हत्या गरेपछि आत्महत्या गरेका छन्।

पत्नीले सम्बन्ध विच्छेदको मुद्दा दायर गरेको दुई सातापछि उनीहरूको हत्या गरिएको सरकारी अधिकारीहरूले बताएका छन्। 

साल्टलेक सिटी र लस भेगासबीचको दक्षिणी उटाहको सानो सहर एनोकमा यो घटना भएको जानकारी दिँदै प्रहरीले बिहीबार भएको पत्रकार सम्मेलनमा घरायी समस्याका कारण हत्या भएको बताउँदै घटनाको विस्तृत विवरण सार्वजनिक गरेन।

यद्यपि नगरका प्रमुख जेफ्री चेस्नटले सम्बन्धविच्छेदको निवेदन नै हत्याको कारण हुन सक्ने बताएका छन्। 

प्रकाशित मिति: १६:२९ बजे, शुक्रबार, पुस २२, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्