Kathmandu Press

३३ लाख अमेरिकी प्राकृतिक प्रकोपबाट विस्थापित

अमेरिकी जनगणना ब्यूरोका अनुसार देशको १.३ प्रतिशतभन्दा बढी वयस्क जनसङ्ख्या गत वर्ष प्राकृतिक प्रकोपबाट विस्थापित भएको थियोभने आधाभन्दा बढी स्थानान्तरण हुन बाध्य भएका थिए।
३३ लाख अमेरिकी प्राकृतिक प्रकोपबाट विस्थापित

वासिङ्टन, पुस २२ :  ३३ लाख अमेरिकी वयस्क प्राकृतिक प्रकोपबाट विस्थापित भएका एक सर्वेक्षणले देखाएको छ।

अमेरिकी जनगणना ब्यूरोका अनुसार देशको १.३ प्रतिशतभन्दा बढी वयस्क जनसङ्ख्या गत वर्ष प्राकृतिक प्रकोपबाट विस्थापित भएको थियोभने आधाभन्दा बढी स्थानान्तरण हुन बाध्य भएका थिए।

Hardik ivf

बिहीबार सार्वजनिक भएको दुई वर्ष पुरानो अनलाइन सर्वेक्षणले ३३ लाख अमेरिकी वयस्क आँधी, बाढी, आगलागीलगायत प्राकृतिक प्रकोपबाट विस्थापित भएका देखाएको हो। प्राकृतिक प्रकोपबाट भएका विस्थापनबारे पहिलो पटक सर्वेक्षणमा प्रश्नावली समावेश गरिएको थियो।

अमेरिकाका केही राज्य अरू भन्दा बढी प्रभावित भएका, सबैतिर एकै प्रकारको विपत्तिको सामना गर्नुनपरेको,  फ्लोरिडामा करिब १० लाख प्रभावित भएका थिए। उक्त राज्यका हरेक १७ जनामा एक जना विस्थापित भएका थिए। 

सर्वेक्षणअनुसार निकाले तूफानले देशका विभिन्न भागमा चार लाख नौ हजारभन्दा बढीलाई सुरक्षित स्थानमा स्थानान्तरण हुन बाध्य पारेको थियो।

प्राकृतिक प्रकोपबाट सबैभन्दा इन्डियाना, नर्थ डकोटा, ओहायो र ओक्लाहोमा प्रभावित रहे। विस्थापित भएका ३३ लाखमध्ये  एक तिहाइभन्दा बढी एक साताभन्दा कम समयका लागि आफ्नो घरबाट बाहिर थिए भने हरेक छ जना मध्ये एक जना कहिल्यै आफ्नो घर फर्केनन्।

प्रकाशित मिति: १५:५८ बजे, शुक्रबार, पुस २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्