Kathmandu Press

अपि पावरले सेयरधनीलाई ७.५ प्रतिशत बोनस सेयर दिने

कम्पनी सञ्चालक समितिको बिहीबार बसेको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफबाट बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो।
अपि पावरले सेयरधनीलाई ७.५ प्रतिशत बोनस सेयर दिने

काठमाडौं, पुस २२ : अपि पावर कम्पनीले सेयरधनीलाई ७.५ प्रतिशत बोनस सेयर दिने भएको छ।

कम्पनी सञ्चालक समितिको बिहीबार बसेको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफबाट बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो।

सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको ७.५ प्रतिशत बोनस सेयर र त्यसमा लाग्ने कर प्रयोजनका लागि ०.३९४७ प्रतिशत नगद लाभांश प्रस्ताव गरिएको कम्पनीले जनाएको छ।

कम्पनीको प्रस्तावित लाभांश विद्युत नियमन आयोगको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ।

प्रकाशित मिति: १५:२७ बजे, शुक्रबार, पुस २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्