Kathmandu Press

नयाँ दिल्लीमा सन् २०२२ मा ४ हाजर ५०० डेंगुका बिरामी, ९ जनाको मृत्यु

नयाँ दिल्लीमा सन् २०२२ मा ४ हाजर ५०० डेंगुका बिरामी, ९ जनाको मृत्यु

नयाँ दिल्ली, पुस २१ : भारतको राजधानी नयाँ दिल्लीमा सन् २०२२ मा चार हजारभन्दा बढीमा डेंगु देखिएको छ । साथै डेङ्गु सङ्क्रमणबाट नौ जनाको मृत्यु भएको दिल्ली नगर निगम (एमसीडी) ले बिहीबार सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ।

तथ्याङ्क अनुसार गत अक्टोबरमा दिल्लीमा सबैभन्दा बढी डेङ्गुका बिरामी फेला परेका छन् ।

डेंगु लामखुट्टेबाट सर्ने भाइरल रोग हो जुन हालैका वर्षहरूमा सबै क्षेत्रमा  तीव्र रूपमा फैलिएको छ। यो भाइरस पोथी लामखुट्टेको टोकाइबाट सर्छ।

यसको सङ्क्रमणबाट ज्वरो आउँने, शरीर दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, रक्तस्राव हुने लगायतका लक्षणहरू देखा पर्छन् ।

यसैगरी सन् २०२१ मा दिल्लीमा नौ हाजर ६१३ जनामा डेंगु देखिएको थियो भने  २३ जनाको मृत्यु भएको थियो ।

त्यसैगरी  सन् २०२० मा दिल्लीमा डेंगुका बिरामीको सङ्ख्या  एक हजार ७२ जना रहेको थियो भने एकजनाको मृत्यु भएको थियो।

प्रकाशित मिति: १९:०४ बजे, बिहीबार, पुस २१, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्