Kathmandu Press

सान फ्रान्सिस्कोमा भीषण आँधीका कारण २ जनाको मृत्यु

सान फ्रान्सिस्कोमा भीषण आँधीका कारण २ जनाको मृत्यु

सान फ्रान्सिस्को, पुस २१ : अमेरिकाको सान फ्रान्सिस्को खाडी क्षेत्रमा बुधबार आएको तीव्र हावा, मुसलधारे पानी र आँधीका कारण कम्तीमा दुई जनाको मृत्यु हुनाका साथै अन्य थुप्रै घाइते भएका छन्।

फेयरफिल्डमा तुफानका कारण १९ वर्षीया महिलाको मृत्यु भएको छ । त्यसैगरी  सोनोमा काउन्टीको अक्सिडेन्टल शहरमा दिउँसो हावाले रुख ढलेर घरमा ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ।

प्यासिफिक ग्यास एण्ड इलेक्ट्रिक कम्पनीका अनुसार खाडी क्षेत्रका करिब  एक लाख घरधुरी बिजुलीबाट वञ्चित भएका छन्।

न्यान्सी वार्ड  गभर्नर कार्यालय आपतकालीन सेवाका निर्देशकले क्यालिफोर्नियाले गत पाँच वर्षमा यहाँ सबैभन्दा चुनौतीपूर्ण आँधीकोरूपमा यस आधीँलाई लिएको छ ।

बुधबार पत्रकार सम्मेलनमा बोल्दै सान फ्रान्सिस्को मेयर लन्डन ब्रीडले  स्थानीय जनतालाई सम्भावित खतराबाट सतर्क रहन आग्रह गरेका छन् ।

प्रकाशित मिति: १८:२३ बजे, बिहीबार, पुस २१, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्