Kathmandu Press

पूर्वप्रमुख पादरी बेनेडिक्टको अन्त्येष्टिका लागि सेन्ट पिटर्समा हजारौंको भिड

श्रद्धाञ्जलीका लागि विभिन्न देशका सरकार प्रमुख, राजपरिवारका प्रमुख, विश्वभरका पादरीसहितको भीड लागेको छ। जर्मनीका लजालु धर्मशास्त्री पूर्वप्रमुख पादरी बेनेडिक्टले इसाई धर्मको पुनर्जागरणका निम्ति गरेको योगदान र गिर्जाघरप्रतिको उनको समर्पणको विश्वभरका नेताले प्रशंसा गरेका छन्।
पूर्वप्रमुख पादरी बेनेडिक्टको अन्त्येष्टिका लागि सेन्ट पिटर्समा हजारौंको भिड

भ्याटिकन सिटी, पुस २१ : संसारभरका क्याथोलिक गिर्जाघरका पूर्वप्रमुख पादरी बेनेडिक्टको सोह्रौंको अन्त्येष्टिमा भाग लिन सेन्ट पिटर स्क्वायरमा हजारौंको भिड लागेको छ। गत शनिबार ९५ वर्षको उमेरमा भ्याटिकनको मेटर इक्लेसिया मठमा उनको निधन भएको हो। 

कफिनलाई कुहिरोले ढाकिएको सेन्ट पिटरको बासिलिकाबाट बाहिर निकालेर बेदीको अगाडि राख्दा विश्वासीले दिवंगत पादरीको प्रशंसा गरेका थिए भने रातो लुगा लगाएका पादरीलाई हेर्दै शोकाकुल अनुयायीले बेनेडिक्टको पार्थिव शरीर रहेको कफिनमा शिर निहुराएर श्रद्धाञ्जली अर्पण गरे।  साथै उनीहरूले बाइबललाई चुम्बन पनि गरे। 'हामी बेनेडिक्टलाई श्रद्धाञ्जली अर्पण गर्न आएका हौँ, आज यहाँ अलबिदा भन्न चाहन्छौँ,' अन्तिम संस्कारमा भाग लिन म्युनिखको पूर्वमा रहेको सानो गाउँबाट आएका  रेमन्ड मेनारले भने।

Hardik ivf

श्रद्धाञ्जलीका लागि विभिन्न देशका सरकार प्रमुख, राजपरिवारका प्रमुख, विश्वभरका पादरीसहितको भीड लागेको छ। जर्मनीका लजालु धर्मशास्त्री पूर्वप्रमुख पादरी बेनेडिक्टले इसाई धर्मको पुनर्जागरणका निम्ति गरेको योगदान र गिर्जाघरप्रतिको उनको समर्पणको विश्वभरका नेताले प्रशंसा गरेका छन्। उनीहरूले पादरी बेनेडिक्ट एक निष्ठावान् व्यक्ति रहेकाे भन्दै उनका सिद्धान्तहरूलाई विश्वले सधैँ सम्झने बताएका छन्  

सन् २०१३ मा उनले स्वास्थ्यको कारण देखाउँदै पदबाट राजीनामा गरेका थिए। ६ सय वर्षपछि पदबाट त्यसरी राजीनामा गर्ने उनी पहिलो प्रमुख पादरी थिए। त्यस बेला उनले एक अर्ब २० करोड क्याथोलिकका गिर्जाघर सम्हाल्ने शक्ति आफूमा नरहेको घोषणा गर्दै पदबाट बाहिरिएका थिए। उनलाई बीसौँ शताब्दीका महान् धर्मशास्त्रीहरूमध्येका एक मानिन्छ। 

उनले आफ्नो जीवनकाल चर्चका सिद्धान्तलाई समर्थन गरेर बिताए। विवाद र असहमतिका बीच भएको त्यो राजीनामालाई विश्वले ‘साहसिक कदम’का रुपमा टिप्पणी गरेको थियो भने केहीले ६ सय वर्षपछि जन्मेको ‘क्रान्तिकारी’ पोप भनेका थिए। 

प्रकाशित मिति: १६:५४ बजे, बिहीबार, पुस २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्