इजरायली सेनाद्वारा वेस्टबैंकमा प्यालेस्टिनी बालक मारिए
बिहीबार बिहानै नाब्लसमा आक्रमणको क्रममा इजरायली सैनिकहरूले हानेको गोली टाउकोमा लागेर १६ वर्षीय अबु जेटोनको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले घोषणा गरेको समाचारमा जनाइएको छ।
नाब्लस, प्यालेस्टाइन, पुस २१ : इजरायली सेनाले बिहीबार वेस्ट बैंकको नाब्लस सहरमा एक प्यालेस्टिनी बालकको हत्या गरेको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ। विद्रोही र इजरायली सेनाहरुबीच सशस्त्र झडप भएको थियो।
बिहीबार बिहानै नाब्लसमा आक्रमणको क्रममा इजरायली सैनिकहरूले हानेको गोली टाउकोमा लागेर १६ वर्षीय अबु जेटोनको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले घोषणा गरेको समाचारमा जनाइएको छ।
इजरायली सेनाले यस घटनाको तुरुन्तै प्रतिक्रिया दिएको छैन्। स्थानीय प्यालेस्टिनी लडाकू समूह लायन्स डेनले नाब्लसको बालाता शरणार्थी शिविरमा रातभरको झडपमा आफ्ना लडाकाहरू संलग्न रहेको बताएको एक विज्ञप्तिमार्फत जानकारी दिएको छ।
यस वर्षको सुरुदेखि वेस्टबैंकमा इजरायली सेनाद्वारा मारिएका जेटोन चौथो प्यालेस्टिनी हुन्। गत मङ्गलबार, बेथलेहेममा १५ वर्षीय एडम एसाम शेकर अय्यादको मृत्यु भएको थियो।
सन् २००५ मा १५० भन्दा बढी प्यालेस्टाइनीको मृत्यु भएयता वेस्ट बैंकमा इजरायल गरेको आक्रमण्मा सन् २०२२ सबैभन्दा घातक वर्षको रुपमा रहेको डिसेम्बरमा, संयुक्त राष्ट्रसङ्घले जनाइएको छ।












