Kathmandu Press

मालीका द्वन्द्व प्रभावितलाई राष्ट्रसंघको सहयोग

संयुक्त राष्ट्रसंघले ती नागरिकका लागि ७० लाख अमेरिकी डलर सहयोग गरिएको जनाएको हो। संयुक्त राष्ट्रसंघीय आपतकालीन कोषबाट मालीमा हालैका दिनहरुमा समस्यामा परेका नागरिकको सहयोगका लागि सो रकम उपलब्ध गराइएका बताइएको छ।
मालीका द्वन्द्व प्रभावितलाई राष्ट्रसंघको सहयोग

माली, पुस २१ : मालीका द्वन्द्व प्रभावित नागरिकलाई संयुक्त राष्ट्रसंघले सहयोग गरेको छ।

संयुक्त राष्ट्रसंघले ती नागरिकका लागि ७० लाख अमेरिकी डलर सहयोग गरिएको जनाएको हो। संयुक्त राष्ट्रसंघीय आपतकालीन कोषबाट मालीमा हालैका दिनहरुमा समस्यामा परेका नागरिकको सहयोगका लागि सो रकम उपलब्ध गराइएका बताइएको छ।

Hardik ivf

खासगरी मालीको उत्तरी क्षेत्रका नागरिक असुरक्षाका साथै अन्य समस्यामा परेका बताइएको छ। यहाँका कम्तीमा पनि चार लाख २३ हजार जना नागरिक यसरी प्रभावित भएका पनि बताइएको छ।

संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटरेसका प्रमुख प्रवक्ता स्टेफान डुजारिकले सो क्षेत्रमा विभिन्न समस्यामा परेका नागरिकको सहयोगका लागि संयुक्त राष्ट्रसंघीय आपतकालीन कोषबाट हालका लागि ७० लाख अमेरिकी डलर बराबरको रकम निकासा गरिएको बताएका हुन्।

साथै यस वर्षमात्र सो क्षेत्रमा ६० लाखभन्दा पनि बढी मानिस प्रभावित हुने भएकाले उनीहरुका लागि ठुलो रकम आवश्यक पर्ने पनि बताए। मालीमा लामो समयदेखि  द्वन्द्व जारी छ। यसका कारण यहाँका दशौँ लाख नागरिक प्रभावित भएका छन्। उनीहरुको सहयोगका लागि संयुक्त राष्ट्रसंघले समयसमयमा सहयोग गर्दै आएको छ।

प्रकाशित मिति: १६:४६ बजे, बिहीबार, पुस २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्