Kathmandu Press

संकटग्रस्त श्रीलंकालाई संयुक्त राष्ट्रसंघले सघाउने

राष्ट्रपति रनिल विक्रमासिङ्घे र उनको नेतृत्वको प्रतिनिधिमण्डलसँग भएको भेटमा सहायक महासचिव विगनराजले आर्थिक एवम् प्राविधिक सहयोगको आश्वासन दिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
संकटग्रस्त श्रीलंकालाई संयुक्त राष्ट्रसंघले सघाउने

कोलम्बो, पुस २१ :  संयुक्त राष्ट्रसंघका सहायक महासचिव एवम् राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) का एसिया–प्रशान्त क्षेत्रीय निर्देशक कान्नी विग्नाराजाले चरम आर्थिक संकटबाट गुज्रिएको दक्षिण एसियाली टापु राष्ट्र श्रीलंकालाई आर्थिक एवम् प्राविधिक सहयोग गरिने बताएका छन्।

राष्ट्रपति रनिल विक्रमासिङ्घे र उनको नेतृत्वको प्रतिनिधिमण्डलसँग भएको भेटमा सहायक महासचिव विगनराजले आर्थिक एवम् प्राविधिक सहयोगको आश्वासन दिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

Hardik ivf

राष्ट्रसंघका अधिकारीले राष्ट्रपति विक्रमासिङ्घे  र उनको सरकारले देशको आर्थिक संकट समाधानका लागि गरेका प्रयासको प्रशंसा गरेका थिए। 

राष्ट्रपति विक्रमासिङ्घे नेतृत्वको प्रतिनिधिमण्डलसँग भएको  भेटवार्ता आर्थिक सुधारमा केन्द्रित थियो। छलफलमा मुलुकको दीर्घकालीन आर्थिक पुनरुत्थान र वृद्धि सुनिश्चित गर्न कठोर निर्णय लिनुपर्ने सहायक महासचिवको कथनप्रति प्रतिनिधिमण्डलले सहमति जनाएको थियो।

प्रकाशित मिति: १६:२७ बजे, बिहीबार, पुस २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्