Kathmandu Press

निर्यातसम्बन्धी हरेक कार्यक्रम मुलुकका लागि महत्वपूर्ण : शेखर गोल्छा

नेपाल निर्यात परिषद्को २५ औं वार्षिक साधारणसभा तथा साताैं निर्यात दिवसका अवसरमा बिहीबार काठमाडौंमा अयाोजित निर्यातयोग्य वस्तुहरुको मेला तथा प्रदशनी उद्घाटन गर्दै गोल्छाले अहिले रेमिट्यानन्सको भरमा मात्रै अर्थतन्त्र चलिरहेको अवस्थामा निर्यातसम्बन्धी हरेक कार्यक्रमहरु महत्वपूर्ण हुनुपर्ने बताएका हुन्।
निर्यातसम्बन्धी हरेक कार्यक्रम मुलुकका लागि महत्वपूर्ण : शेखर गोल्छा

काठमाडाैं, पुस २१ : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले निर्यातसम्बन्धी हरेक कार्यक्रमहरु मुलुकका लागि अर्थतन्त्रसँग महत्वपूर्ण रहेको बताएका छन्।

नेपाल निर्यात परिषद्को २५ औं वार्षिक साधारणसभा तथा साताैं निर्यात दिवसका अवसरमा बिहीबार काठमाडौंमा अयाोजित निर्यातयोग्य वस्तुहरुको मेला तथा प्रदशनी उद्घाटन गर्दै गोल्छाले अहिले रेमिट्यानन्सको भरमा मात्रै अर्थतन्त्र चलिरहेको अवस्थामा निर्यातसम्बन्धी हरेक कार्यक्रमहरु महत्वपूर्ण हुनुपर्ने बताएका हुन्।

उनले सरकारले निर्यातलाई बढावा दिने हरेक कार्यक्रमका साथै आवश्यक नियमावली बनाएपनि निर्यातकर्ताले सुविधाहरु नपाएको गुनासो गरेकाले छिटै यसलाई सम्बोधन गर्नुपर्ने बताए।

गोल्छाले महासंघको भिजन पेपरमा पनि निर्यात बढाउँदै उत्पादनमुखी अर्थतन्त्र निर्माणमा जोड दिएको जानकारी दिए।

प्रदर्शनी काठमाडौंको छाँया सेन्टरमा दुई दिनसम्म चल्ने परिषद्ले जनाएको छ। 

प्रकाशित मिति: १५:१३ बजे, बिहीबार, पुस २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्