Kathmandu Press

काबुलमा सैनिक कारबाहीमा सात विद्रोही मारिए

बिहीबार पनि जारी रहेको सैन्य कारबाहीमा पश्चिमी निमरोज प्रान्तबाट सोही समूहका दुई सशस्त्र विद्रोहीलाई नियन्त्रणमा लिइएको छ। 
काबुलमा सैनिक कारबाहीमा सात विद्रोही मारिए

काबुल, पुस २१ : अफगान सेनाले बुधबार काबुलमा गरेको सुरक्षा कारबाहीमा सात जना इस्लामिक स्टेट (आइएस) लडाकु मारिएका छन् भने अन्य सात जना पक्राउ परेका छन्।

बिहीबार पनि जारी रहेको सैन्य कारबाहीमा पश्चिमी निमरोज प्रान्तबाट सोही समूहका दुई सशस्त्र विद्रोहीलाई नियन्त्रणमा लिइएको छ। 

अफगान सुरक्षा बलले बुधबार देशको राजधानी काबुलमा आईएस सङ्गठनसँग सम्बद्ध लडाका लुकेको ठाउँमा आक्रमण गर्दा सात जना मारिएका तथा अन्य धेरैलाई गिरफ्तार गरिएको एक जना सरकारी अधिकारीले बताए।

बुधवार साँझ काबुलको कालाचा र शुहदाई सालेहेन इलाकामा आईएसविरुद्ध भएको कारबाहीमा सात जना विद्रोही मारिएका र अन्य सात जनालाई पक्राउ गरिएको तालिबान प्रशासन प्रमुखले बताउनुभएको छ। 

प्रकाशित मिति: १२:२९ बजे, बिहीबार, पुस २१, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्