Kathmandu Press

भ्रमण वर्ष चौदण्डीमा ‘राइड टू चौदण्ड’ अभियान

काठमाडौं, पुस १५ : नेपाल भ्रमण वर्ष सन् २०२० का सन्दर्भमा आन्तरिक पर्यटन विकासका लागि उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकाले नयाँ वर्ष सन् २०२० का अवस....

भ्रमण वर्ष चौदण्डीमा ‘राइड टू चौदण्ड’ अभियान

काठमाडौं, पुस १५ : नेपाल भ्रमण वर्ष सन् २०२० का सन्दर्भमा आन्तरिक पर्यटन विकासका लागि उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकाले नयाँ वर्ष सन् २०२० का अवसरमा बुधबार ‘राइड टू चौदण्डी’ अभियान कार्यक्रम शुरु गर्ने भएको छ ।

सन् २०२० को नयाँ वर्षको शुरुको अवसर पारेर नगरका ११ स्थानका महत्वपूर्ण पर्यटकीयस्थलमा ६० किलोमिटर दूरीसम्मको बृहत् साइकल यात्राको अभियान शुरु गर्न लागिएको नगरपालिका प्रमुख खगेन्द्र राईले जानकारी दिए । बुधबार नगरपालिकाले नगरका सम्पूर्ण सरकारी सङ्घसंस्था विद्यालयहरुलाई समेत सार्वजनिक बिदा दिएर नगरको उक्त अभियानमा सहभागी गराई अभियान सफल बनाउन लागिएको उनले बताए ।

Hardik ivf

प्रमुख राई भने, “नेपाल भ्रमण वर्ष सन् २०२० सँगै नगरपालिकाले पनि नगरका ११ वटा महत्वपूर्ण पर्यटकीयस्थलको पहिचान गराउन र मुख्यगरेर ऐतिहासिक चौदण्डीगढीको पर्यटन विकासका लागि नै लक्षित गरेर यो अभियान शुरु गर्न लागेका हौँ ।” साठ्ठी किलो मिटरसम्मको साइकल यात्रामा विद्यार्थी, राजनीतिक दलका नेता जनप्रतिनिधि, व्यापारी, उद्योगीसहित नागरिक समाजका अगुवाहरुको समेत सहभागिता हुने बताइएको छ ।

राइड टू चौदण्डी यात्रामा मुख्यतः चौदण्डीको बेल्टार बजार, वीरेन्द्र बजार हुँदै महत्वपूर्ण पर्यटकस्थल सुगाचरी, शान्तिवाटिका, बिसासय मन्दिर, कोवाखानी डाँडा, पिकनिक स्थल, रमितेडाँडा, थानपोखरी, भीमसेनथान हुँदै ऐतिहासिक चौदण्डीगढी पुग्ने कार्यक्रम रहेको छ । चौदण्डीगढीमा दृश्यावलोकन स्तम्भ, सडक, खानेपानीदेखि चौदण्डीगढीमुनि सुनकोशीको रानीटारमा र्‍याफ्टिङसहितका कार्य अहिले सञ्चालन भइरहेको नगरपालिकाले बताएको छ । 

प्रकाशित मिति: ०७:१४ बजे, मंगलबार, पुस १५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्