सन् २०२३ मा युक्रेन युरोपियन युनियन र नेटोमा सहभागी हुने
उनले युक्रेनले आगमी वर्षमा गर्ने कामहरुका १० ओटा प्राथमिकता तोक्नुभएको समाचारमा जनाइएको छ। ती प्राथमिकतामध्ये प्रधानमन्त्री सामियलले युक्रेन युरोपियन युनियनमा सहभागी हुने देखि लिएर नेटोको सदस्यता लिनेसम्म रहेको बताइएको छ।
किभ, पुस २० : युक्रेनका प्रधानमन्त्री डेनिस सामियलले सन् २०२३ मा युक्रेनले गर्ने कामहरुको प्राथमिकता तोक्नुभएको छ।
उनले युक्रेनले आगमी वर्षमा गर्ने कामहरुका १० ओटा प्राथमिकता तोक्नुभएको समाचारमा जनाइएको छ। ती प्राथमिकतामध्ये प्रधानमन्त्री सामियलले युक्रेन युरोपियन युनियनमा सहभागी हुने देखि लिएर नेटोको सदस्यता लिनेसम्म रहेको बताइएको छ।
उनले आगामी वर्ष युक्रेनको विजयको वर्ष हुने पनि सो प्राथमिकतमा जनाउनुभएको छ। उनले भनेका छन्, 'आगामी वर्ष युक्रेनेको विजयको वर्ष हुनेछ, हामीले जित्नेछौं सन् २०२२ को विध्वंसपछिको पुनर्निर्माणका लागि हामी लाग्नेछौं।'
उनले रुसले गरेको आक्रमणबाट भएको क्षतिको निर्माण यसै वर्ष गरिने पनि जानकारी दिनुभएको छ। उनले सबैभन्दा पहिलो प्राथमिकता यहाँको सुरक्षा व्यवस्थालाई मजबुत बनाउने रहेको भन्दै यसका लागि देशको सेनालाई सहयोग गर्ने पनि रहेको बताएका छन्।
उनले उर्जा, देशको आर्थिक क्षेत्रको विकास र विस्तार तथा युद्धमा युक्रेनका तर्फबाट लडेका योद्धाहरुलाई सम्मान गर्ने काम पनि यसै वर्षको प्राथमिकतामा रहेको बताएका छन्। उनले सार्वजनिक प्रशासनमा सुधार, शिक्षाको विकास र विस्तार देशका उर्जाको विकास र विस्तार लगायतका कार्यक्रमहरु यस वर्षमा गरिने कार्यक्रम पनि रहेको उनले बताएका हुन्।
युक्रेनमा गत फेब्रुअरी महिनादेखि रुसले निरन्तर रुपमा हमला गरिरहेको छ। हतियारका माध्यमबाटै गरेको आक्रमणले युक्रेनको राजधानी किभलगायत कैयौं सहरका संरचनामा क्षति पुगेको छ।












