Kathmandu Press

फिलिपिन्समा बाढीका कारण विस्थापित ३३ हजारभन्दा बढी व्यक्ति अस्थायी शिविरमा

फिलिपिन्समा बाढीका कारण विस्थापित ३३ हजारभन्दा बढी व्यक्ति अस्थायी शिविरमा

मनिला, पुस १९ : फिलिपिन्समा गत साता ५१ जनाको ज्यान गएको बाढीका कारण विस्थापित भएका ३३ हजार भन्दा बढी मानिस अझै पनि अस्थायी आश्रयस्थलमा रहेका छन् ।  

समाज कल्याण तथा विकास विभागले क्रिसमसको पूर्वसन्ध्यामा बाढीबाट गम्भीर रूपमा प्रभावित पाँच क्षेत्रका ८ हजार ९३० परिवारलाई उद्धार गरेको जनाएको छ ।

Hardik ivf

राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्ले मङ्गलबारको अद्यावधिक प्रतिवेदनमा मृतकको सङ्ख्या ५१ पुगेको र थप १९ बेपत्ताको खोजी  भइरहेको जनाएको छ । 
बाढीले  दक्षिणपूर्वी एसियाली देशका १० क्षेत्रका करिब  छ लाख मानिसहरूलाई सुरक्षित स्थानमा सार्न बाध्य तुल्याएको थियो । 
स्थानीय रिपोर्टका अनुसार दक्षिणी फिलिपिन्सको लानाओ डेल नोर्टे प्रान्तमा आफ्ना काका र काकीसँग सवार मोटरसाइकललाई अचानक बाढीले बगाउँदा आठ वर्षीया बालिकाको मृत्यु भएको थियो ।

लानाओ डेल नोर्टे सूचना अधिकारी जोइला म्याक्सिन एसिकले बालिकाको डुबेर मृत्यु भएको र यस प्रान्तका झण्डै  छ हजार बासिन्दा बाढीबाट प्रभावित भएको बताइन्।

फिलिपिन्स विश्वव्यापी रूपमा सबैभन्दा प्रकोपबाट प्रभावित हुने देशहरू मध्ये एक हो ।  यहाँ औसतमा वार्षिक २० भन्दा बढी टाइफुनहरू आउने गर्दछ तीमध्ये केही  अत्यन्त तीव्र गतिमा आउँने हुनाले विनाशकारी पनि हुन्छन्।

प्रकाशित मिति: १९:३८ बजे, मंगलबार, पुस १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्