आजदेखि बाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेश सभा अधिवेशन
बाग्मती प्रदेश सभा सचिवायलयमा आज बिहान सर्वदलीय बैठक बसेर दिउँसो १ बजे प्रदेश सभा बैठक बस्ने प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।
काठमाडौं, पुस १८ : बाग्मती, लुम्बिनी र सुदुरपश्चिम प्रदेश सभाको अधिवेशन आजदेखि सुरु हुँदैछ ।
बाग्मती प्रदेश सभा सचिवायलयमा आज बिहान सर्वदलीय बैठक बसेर दिउँसो १ बजे प्रदेश सभा बैठक बस्ने प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।
यस्तै लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले लुम्बिनी प्रदेश सभाको बैठक आज दिउँसो १ बजेका लागि आह्वान गरेका छन् ।
यस्तै, सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीले पनि आज दिउँसो १ एक बजेदेखि सुरु हुने गरी प्रदेश सभा अधिवेशन आह्वान गर्नुभएको प्रदेश सभा सचिवालयले जनाएको छ ।
प्रकाशित मिति: ०८:३३ बजे, सोमबार, पुस १८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-(86)-1764936079.jpg)


-1764760320.jpg)