Kathmandu Press

युगान्डामा भागदौड हुँदा कम्तीमा नौ जनाको मृत्यु, कैयौं घाइते

युगान्डामा भागदौड हुँदा कम्तीमा नौ जनाको मृत्यु, कैयौं घाइते
Hardik ivf

कम्पाला, पुस १७ : युगान्डाको राजधानी कम्पालामा नयाँ वर्षको अवसरमा आयोजित कार्यक्रममा मच्चिएको भागदौडमा कम्तीमा नौ जनाको मृत्यु  भएको छ  भने  अन्य थुप्रै घाइते भएका  छन् ।

प्रहरीका अनुसार नयाँ वर्षमा आयोजित सङ्गीत कार्यक्रममा सहभागी भएका कैयौँ किशोरीहरू भागदौडमा घाइते भएका थिए । ऊक्त घटना मध्यरातमा भएको थियो ।  कार्यक्रमका उद्घोषकले उपस्थित व्यक्तिहरूलाई आतिशबाजी गर्न प्रोत्साहित गरेपछि भागदौड मच्चिएको थियो ।

प्रदर्शन समाप्त भएपछि भागदौड मच्चिएको र तत्कालै पाँच जनाको तत्काल मृत्य भएको थियो भने अन्य थुप्रै  घाइते भएका थिए । अन्य केहीको उपचारका क्रममा मृत्यु भएको बताइएको छ । 

प्रकाशित मिति: १८:२८ बजे, आइतबार, पुस १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्