Kathmandu Press

चिनियाँ र रुसी राष्ट्रपतिद्वारा नयाँ वर्षको शुभकामना आदानप्रदान

शनिबार साँझ उहाँहरुलाई नयाँ वर्ष २०२३ को स्वागत गर्दै यस वर्षले दुवै देशका नागरिकमा शुभकामना आदान प्रदान गर्दै आपसमा बधाई पनि साटासाट गरेको बताइएको छ।
चिनियाँ र रुसी राष्ट्रपतिद्वारा नयाँ वर्षको शुभकामना आदानप्रदान

बेइजिङ, पुस १७ : चिनियाँ र रुसी राष्ट्रपतिले नयाँ वर्ष २०२३ को अवसरमा दुई नेता र दुई देशका नागरिकलाई शुभकामना आदानप्रदान गर्नुभएको छ।

शनिबार साँझ उहाँहरुलाई नयाँ वर्ष २०२३ को स्वागत गर्दै यस वर्षले दुवै देशका नागरिकमा शुभकामना आदान प्रदान गर्दै आपसमा बधाई पनि साटासाट गरेको बताइएको छ।

चिनियाँ राष्ट्रपति सि चिनफिङले नयाँ वर्ष २०२३ को शुभकामना दिँदै रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उनीमार्फत रुसी नागरिकमा बधाई ज्ञापन गरेको चिनियाँ समाचार समिति सिन्ह्वाले जानकारी दिएको छ।

चिनियाँ राष्ट्रपति चिनफिङले चीन सरकार र चिनियाँ जनता तथा आफ्ना तर्फबाट रुसी राष्ट्रपति, रुस सरकार र त्यहाँका नागरिकलाई नयाँ वर्षको शुभकामना र बधाई ज्ञापन गर्नुभएको समाचारमा जनाइएको छ।

चिनियाँ राष्ट्रपति चिनफिङले सन् २०२२ विश्वमा नै कोरोना महामारीका साथै अन्य विभिन्न समस्यामा परेको भन्दै तर यस वर्ष चीन र रुसबीचको सम्बन्ध सुमधुर रहेको सो शुभकामना सन्देशमा उल्लेख गरेका छन्।

त्यसैगरी यस सन् २०२३ मा पनि दुई देश असल सम्बन्ध र आपसी सहयोगका साथ अघि बढ्ने विश्वास पनि चिनियाँ राष्ट्रपति चिनफिङले सो सन्देशमा व्यक्त गरेका छन्।

त्यसैगरी रुसी राष्ट्रपति पुटिनले पनि यस नयाँ वर्षमा चीन रुस सम्बन्ध सुमधुर हुने र आपसी सहयोगका साथ अघि बढ्ने बताएका छन्।

रुसी राष्ट्रपति पुटिनले आफ्नो तर्फबाट र रुसी सरकारका तर्फबाट चिनियाँ सरकार र नागरिकलाई शुभकामना व्यक्त गरेका छन्।

प्रकाशित मिति: १२:४८ बजे, आइतबार, पुस १७, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्