Kathmandu Press

फिलिपिन्समा कोभिडबाट २६ जनाको मृत्यु

दक्षिणपूर्व एसियाली देश फिलिपिन्समा कोभिडबाट एकै दिन अर्थात् शनिबार मात्र २६ जनाको ज्यान गएको यहाँको स्वास्थ्य विभागले जानकारी दिएको छ।
फिलिपिन्समा कोभिडबाट २६ जनाको मृत्यु

काठमाडाैं, पुस १७ : फिलिपिन्समा कोभिड १९ बाट शनिबार मात्र २६ जनाको ज्यान गएको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन्।

दक्षिणपूर्व एसियाली देश फिलिपिन्समा कोभिडबाट एकै दिन अर्थात् शनिबार मात्र २६ जनाको ज्यान गएको यहाँको स्वास्थ्य विभागले जानकारी दिएको छ।

सो विभागकाअनुसार शनिबार यहाँ कोभिडबाट पाँच सय ९१ जना सङ्क्रमित भएका पनि बताइएको छ। यो समेत गरी यहाँ कोभिड महामारी सुरु भएदेखि अहिलेसम्ममा ४० लाखभन्दा बढी नागरिक सङ्क्रमित भएका बताइएको छ।

यहाँ अहिले सक्रिय सङ्क्रमित १३ हजार मात्र भएपनि पछिल्लो समयमा कोभिडबाट हुने सङ्क्रमितको सङ्ख्या बढ्दै गएको देखिएको अधिकारीहरुले जनाएका छन्।

प्राप्त समाचारअनुसार यहाँ कोभिडका कारण ६५ हजार जनाभन्दा बढीको ज्यान गएको छ।

प्रकाशित मिति: १२:४५ बजे, आइतबार, पुस १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्