श्रीलाभ सहकारीको सेयर पूँजी तीन करोड बढी
संस्थाले १५ करोड ४५ लाख ६२ हजार ४२ बचत गरी १७ करोड ५० लाख ८८ हजार पाँच सय ६६ ऋण लगानी गरेको छ ।
काठमाडौं, पुस १७ : श्रीलाभ बचत तथा ऋण सहकारी संस्थाले गत आर्थिक वर्ष २०७८/७९ मा तीन करोड ११ लाख ५४ हजार दुई सय सेयर पूँजी पु¥याएको छ ।
संस्थाको सम्पन्न ११ औँ वार्षिक साधारणसभामा संस्थाका अध्यक्ष ओमप्रसाद उप्रेतीले गत आवमा ३६ लाख २७ हजार सेयर पूँजी वृद्धि गरेको जानकारी दिए।
संस्थाले १५ करोड ४५ लाख ६२ हजार ४२ बचत गरी १७ करोड ५० लाख ८८ हजार पाँच सय ६६ ऋण लगानी गरेको छ । गत वर्षको तुलनामा ५२ लाख ९६ हजारले घटेको छ भने ऋण लगानी ५६ लाख ४० हजारले बढाएको छ।
सहकारीको कूल सम्पत्ति गत वर्षको तुलनामा ४७ लाख ५२ हजारले बढेर २४ करोड ८३ लाख ९२ हजार पुगेको छ। सहकारीका छ सय ७१ शेयर सदस्यमध्ये पाँच सय २९ पुरुष र एक सय ४२ महिला सदस्य छन् । सहकारीले आर्थिक वर्ष २०७८/७९ मा सरकारलाई रु १६ लाख ४३ हजार आठ सय ६५ कर बुझाएको छ।
संस्थाको जगेडा कोषमा दुई करोड पाँच लाख जम्मा गरेको छ भने ऋण नोक्सानी कोषमा एक करोड ४० लाख जम्मा गरेको जनाएको छ । संस्थाले सहकारी शिक्षा तथा तालिम कोष स्थापान गरी खूद नाफाको १० प्रतिशत रकम जम्मा गर्दै आएको छ।











