Kathmandu Press

नेपालको हवाईक्षेत्रलाई सुरक्षित र दिगो बनाउन अझै चुनौती : सचिव अधिकारी

नेपाल नागरिक उडड्यन प्राधिकरण(क्यान) को २४ औं वार्षिकोत्सवको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा सचिव अधिकारीले पछिल्लो चार बर्षयता क्यानले निकै सुधारका काम गरेको भन्दै अझै नेपालको हवाईक्षेत्रलाई अझै सुरक्षित र दिगो बनाउन चुनौती रहेको बताएका हुन्।
नेपालको हवाईक्षेत्रलाई सुरक्षित र दिगो बनाउन अझै चुनौती : सचिव अधिकारी

काठमाडाैं, पुस १६ : संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव सुरेश अधिकारीले नेपालको हवाईक्षेत्रलाई सुरक्षित र दिगो बनाउन अझै चुनौती रहेको बताएका छन्।

नेपाल नागरिक उडड्यन प्राधिकरण(क्यान) को २४ औं वार्षिकोत्सवको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा सचिव अधिकारीले पछिल्लो चार बर्षयता क्यानले निकै सुधारका काम गरेको भन्दै अझै नेपालको हवाईक्षेत्रलाई अझै सुरक्षित र दिगो बनाउन चुनौती रहेको बताएका हुन्।

पछिल्ला वर्षमा अन्तराष्ट्रिय बिमानस्थल र आन्तरिक बिमानस्थलको स्तरोन्नतीका लागि क्यानले उपलव्धीपूर्ण काम गरेको उनले बताए। सचिव अधिकारीले अमेरिका, स्विजरल्याण्ड, रुवान्डा लगाएत बिभिन्न देशहरुसंग हवाई सेवासम्बन्धी सम्झौता अघि बढेको जानकारी दिए।

प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले त्रिभुवन बिमानस्थलमा हुने बिमान चापलाई ध्यान दिई रात्रीकालिन उडानलाई प्राथमिकतामा राखिएको जानकारी दिए।

गौतम बुद्ध बिमानस्थलमा उडानमा प्रोत्साहन गर्न अन्तराष्ट्रिय सेवा प्रदायकलाई सहुलियत दिइएको उनले बताए। उनले आन्तरिक उडानलाई थप सुरक्षित र व्यवस्थित गर्नका लागि पनि प्रविधिलाई पनि समायानुकुल बिकासित गर्दै लगेको जानकारी दिए।

कार्यक्रममा क्यानको वार्षिक बुलेटिन सार्वजनिक गरिएको थियो भने विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो। 

प्रकाशित मिति: १७:१२ बजे, शनिबार, पुस १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्