Kathmandu Press

पूर्वी सिरियामा ‘आतंककारी आक्रमण’मा १० जनाको हत्या

घटनामा अन्य केही श्रमिक घाइते भएको सरकारी समाचार संस्था सानाले जनाएको छ।
पूर्वी सिरियामा ‘आतंककारी आक्रमण’मा १० जनाको हत्या

दमास्कस, पुस १६ :  पूर्वी सिरियामा शुक्रबार ‘आतंककारी’हरूको एक समूहले तेल मजदुरहरूको एक समूहको गाडीमा आक्रमण गर्दा १० जनाको मृत्यु भएको छ।

घटनामा अन्य केही श्रमिक घाइते भएको सरकारी समाचार संस्था सानाले जनाएको छ।

दैर अल–जौर प्रान्तको अल–तैयम तेल खानीमा कामदारले सिफ्ट परिवर्तन गरिरहेका बेला उक्त आक्रमण भएको सानाको रिपोर्टमा उल्लेख छ।

आक्रमणकारीहरूले त्यस क्षेत्रको खराब मौसमको फाइदा उठाएका थिए। 

सिरियाको सरकारी समाचार संस्थाले पनि पूर्वी सिरियाका प्रमुख तेल र ग्यास खानीमा नियन्त्रण राखेको संयुक्त राज्य अमेरिकाले उक्त समूहलाई सहयोग गर्दै आएको उल्लेख गरिएको छ।

सिरियाली सरकारले वासिङ्टनविरूद्ध अरब देशबाट तेल चोरेको, अवैध रूपमा आफ्नो भूभाग कब्जा गरेको र आफ्नो सीमाभित्र भाडाका सैनिक तथा आतंकवादी समूहलाई सहयोग गरेको आरोप लगाउँदै आएको छ। 

प्रकाशित मिति: १२:३२ बजे, शनिबार, पुस १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्