Kathmandu Press

मेन्छियाम हाइड्रोपावरको उत्पादन सुरु

पूर्वराज्यमन्त्री दीपक खड्काको सक्रियतामा संखुवासभाको चैनपुर नगरपालिकास्थित पिलुवाखोलामा एक अर्ब ३१ करोड रुपैयाँ लगानीमा निर्माण भएको सो हाइड्रोपावरले विद्युत उत्पादन सुरु गरेको हो।
मेन्छियाम हाइड्रोपावरको उत्पादन सुरु

संखुवासभा, पुस १६ : संखुवासभाको पिलुवाखोलामा निर्माण भएको मेन्छियाम हाइड्रोपावरले (४.७२ मेगावाट) विद्युत उत्पादन सुरु गरेको छ।

पूर्वराज्यमन्त्री दीपक खड्काको सक्रियतामा संखुवासभाको चैनपुर नगरपालिकास्थित पिलुवाखोलामा एक अर्ब ३१ करोड रुपैयाँ लगानीमा निर्माण भएको सो हाइड्रोपावरले विद्युत उत्पादन सुरु गरेको हो।

उत्पादित विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ। उक्त जलविद्युत् आयोजनाको शुभारम्भ भने हाइड्रोपावरका अध्यक्ष खड्का र उद्योगपति विनोद चौधरीले पुस १३ गते गरेका थिए।

हाइड्रोपावर सम्पन्न भएको अवसरमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका नेता खड्काले कोरोना महामारीका कारण हाइड्रोपावर निर्माणमा केही ढिला भएको बताए ।

उनले छ वर्ष लगाएर उक्त हाइड्रोपावर सम्पन्न गरेको जानकारी दिँदै स्थानीयवासीलाई पहिलो प्राथमिकतामा राखेर शेयर निष्काशन गर्ने तयारीमा जुटेका पनि बताए।

इन्जिनियर विकल थापाले उक्त जलविद्युत् आयोजनाको ५.२ मेघावाट उत्पादन गर्नसक्ने क्षमता रहेको बताए।

प्रकाशित मिति: १०:४१ बजे, शनिबार, पुस १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्