Kathmandu Press

इन्डोनेसियामा कोभिड नियन्त्रणका निम्ति लागु प्रतिबन्ध हटाइयो

राष्ट्रपति जोको विडोडोले कोभिडसम्बन्धी सार्वजनिक गतिविधिमा लागेको राष्ट्रव्यापी प्रतिबन्ध हटाउने निर्णय भएको घोषणा गरेका छन्। 
इन्डोनेसियामा कोभिड नियन्त्रणका निम्ति लागु प्रतिबन्ध हटाइयो

जकार्ता, पुस १५ : इन्डोनेसिया सरकारले कोभिड–१९ नियन्त्रणका निम्ति लागू गरिएका सबै प्रतिबन्ध हटाएको छ ।

राष्ट्रपति जोको विडोडोले कोभिडसम्बन्धी सार्वजनिक गतिविधिमा लागेको राष्ट्रव्यापी प्रतिबन्ध हटाउने निर्णय भएको घोषणा गरेका छन्। 

Hardik ivf

दश महिनाभन्दा बढीको छलफल, सार्वजनिकस्थलको आवागमनलगायत पक्षलाई विश्लेषणका साथै कोरोना सङ्क्रमणको पछिल्लो तथ्याङ्कका आधारमा प्रतिबन्ध हटाउने निर्णय भएको राष्ट्रपति विडोडोले  बताए। जमघट र भेलामा प्रतिबन्ध हटाइएको भए पनि सबैलाई सतर्क रहन आग्रह गरे।

'म राष्ट्रका सबै क्षेत्रलाई सावधान र सजग रहन सल्लाह दिन्छु, जनताले कोभिड १९ को जोखिमविरुद्ध सतर्कता अपनाउनुपर्छ,' राष्ट्रपति कार्यालयबाट उनले भने। साथै उनले भिडमा नजान, जानु परे मास्क लगाउन अनुरोध गरे। 

प्रकाशित मिति: १७:५५ बजे, शुक्रबार, पुस १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्