राप्रपा प्रदेश १ संसदीय दलको नेतामा भक्तिप्रसाद सिटौला
शुक्रबार झापामा भएको संसदीय दलको बैठकले झापाका सिटौलालाई सर्वसम्मत नेता चयन गरेको हाे।
झापा, पुस १५ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रदेश १ संसदीय दलको नेतामा भक्तिप्रसाद सिटौला चुनिएका छन्।
शुक्रबार झापामा भएको संसदीय दलको बैठकले झापाका सिटौलालाई सर्वसम्मत नेता चयन गरेको हाे।
राप्रपा केन्द्रीय समितिका प्रवक्तासमेत रहेका सिटौला झापा ४ (ख) बाट प्रत्यक्ष निर्वाचित भएका सांसद हुन्।
प्रदेशमा राप्रपाबाट प्रत्यक्ष निर्वाचित दुई जना र समानुपातिकबाट निर्वाचित ४ गरी ६ जना सांसद छन्।
प्रकाशित मिति: १५:३२ बजे, शुक्रबार, पुस १५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












