करिब ५७ लाख श्रीलंकालीलाई मानवीय सहायता आवश्यक
रेडक्रसको अन्तर्राष्ट्रिय संस्था (आइसिआरसी) ले सो कुराको जानकारी दिएको हो। उक्त संस्थाका अनुसार श्रीलंकाका करिब ५७ लाख मानिस मानवीय सहायताको खाँचोमा रहेका छन्।काठमाडाैं, पुस १५ : श्रीलंकाका करिब ५७ लाख नागरिकलाई मानवीय सहायताको खाँचो परेको बताइएको छ।
रेडक्रसको अन्तर्राष्ट्रिय संस्था (आइसिआरसी) ले सो कुराको जानकारी दिएको हो। उक्त संस्थाका अनुसार श्रीलंकाका करिब ५७ लाख मानिस मानवीय सहायताको खाँचोमा रहेका छन्।
हालैका केही महिनायता श्रीलंकाले जटिल आर्थिक समस्याको सामना गरिरहेको छ। यहाँका कतिपय नागरिकलाई दैनिक आधारभूत आवश्यकताको नै खाँचो पर्दै गएको देखिएको पनि सो संस्थाले हालै मात्र सार्वजनिक गरेको एक प्रतिवेदनमा देखिएको छ।
पछिल्लो समयमा श्रीलंका मुद्रास्फिती, वैदेशिक मुद्राको अभाव झेल्नुपरेको छ। जसका कारण यहाँको आर्थिक अवस्था निकै कमजोर हुदै गएको छ।
यहाँ आर्थिक समस्यासँगै कृषि उत्पादनमा पनि कमी आएकाले खाद्यान्न असुरक्षाको अवस्था पनि देखिएको छ। खाद्य असुरक्षाका कारण नै यहाँका नागरिकलाई विशेषगरी मानवीय सहायता आवश्यक परेको पाइएको सो प्रतिवेदनमा उल्लेख गरिएको छ।
मल बीउको अभावमा यहाँ स्वदेशी कृषि उपज पनि आवश्यक मात्रामा उत्पादन हुन नसकेको र स्वदेशी खाद्यान्नबा राष्ट्रिय स्तरमा हुने मागको पूर्ति हुन नसकेको बताइएको छ।
श्रीलंकामा आर्थिक समस्यासँगै कृषिमा पनि समस्या उत्पन्न भएको छ। किसानले समयमै मल र बीऊ पाउन नसकेकाले यस्तो आवस्था आएको बताइएको छ।
यहाँका करिब ४९ लाख नागरिकले खाद्य असुरक्षाको समस्या भोग्नुपरेको बताइएको छ। यसरी यहाँको जनसंख्याको करिब २२ प्रतिशत जनसंख्या खाद्य असुरक्षाको समस्यामा परेको पनि सो प्रतिवेदनमा जनाइएको छ।