Kathmandu Press

कर्णाली प्रदेशले बोलायो प्रदेश सभाको अधिवेशन 

गएको सोमवार कर्णाली प्रदेशका नवनिर्वाचित सांसदहरूले पद तथा गोपनीयताको शपथ लिएका थिए । यसअघि ज्येष्ठ सदस्य शाहलाई प्रदेश प्रमुख तिलक परियारले शपथ ग्रहण गराएका थिए ।  
कर्णाली प्रदेशले बोलायो प्रदेश सभाको अधिवेशन 

काठमाडौं, पुस १५ : कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको प्रथम अधिवेशन पुस १८ गते सोमवारका लागि आह्वान भएको छ । 

मुख्यमन्त्री जीवनबहादुर शाहीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा प्रदेश प्रमुख तिलक परियारले अधिवेशन आह्वान गरेका हुन् ।  प्रदेश प्रमुखको कार्यालयले प्रेस विज्ञप्ति जारी गर्दै पुस १८ गते सोमवार दिउँसो १ बजे बस्ने गरी अधिवेशन आह्वान गरेका हुन् । बैठकको अध्यक्षता ज्येष्ठ सदस्य विनोदकुमार शाहले गर्ने छन् । 

Hardik ivf

गएको सोमवार कर्णाली प्रदेशका नवनिर्वाचित सांसदहरूले पद तथा गोपनीयताको शपथ लिएका थिए । यसअघि ज्येष्ठ सदस्य शाहलाई प्रदेश प्रमुख तिलक परियारले शपथ ग्रहण गराएका थिए ।  

कर्णालीमा प्रत्यक्षमा २४ र समानुपातिकतर्फ १६ गरी ४० जना सांसद छन् । जसमा नेपाली कांग्रेसका १४, नेकपा (माओवादी केन्द्र) का १३, नेकपा एमालेका १०, नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का एकरएक तथा एक जना स्वतन्त्र सांसद रहेका छन् ।

प्रकाशित मिति: ०९:२५ बजे, शुक्रबार, पुस १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्