कम्बोडियाकाे एक क्यासिनोमा आगलागी, सोह्र जनाको मृत्यु
कम्बाेडिया, पुस १४ : थाइल्याण्डको सिमाना पोइपेटमा रहेको कम्बोडियाको एउटा क्यासिनोमा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ। आगलागीबाट अन्य ५० जना घाइते भएका छन् । घाइेतको पूर्ण विवरण प्राप्त भएको छैन ।
पोइपेटस्थित ग्रान्ड डायमन्ड सिटी क्यासिनोमा लागेको आगो निभागउन १२ घण्टाभन्दा बढी लागेको थियो । थाइल्याण्डका वारुणयन्त्र पनि आगो निभाउन पोइपेट पुगेका थिए । सामाजिक सञ्जालमा राखिएका तस्बिरमा पीडितहरू छानाबाट खसिरहेका, सहयोगका निम्ति याचना गरिरहेका तथा आगोको ज्वालाबीच फसेका देखिन्छन् ।
आगोको चपेटामा होटलका कर्मचारी र छिमेकी थाइल्याण्डका ग्राहक परेका छन् । तेह्रौँ, चौधौँ र पन्ध्रौँ तलाबाट सहायताका निम्ति अनुरोध आएको अग्नि नियन्त्रण कार्यालयका अधिकारीहरूले बताएका छन् ।
प्रकाशित मिति: २०:३४ बजे, बिहीबार, पुस १४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लेबनान र इजरायलबीच युद्धविराम सम्झौता, आजैदेखि लागू हुनेबुधबार, मंसिर १२, २०८१
गाजामा इजरायली ड्रोन आक्रमणबाट अस्पताल प्रमुख घाइतेआइतबार, मंसिर ९, २०८१
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्नेआइतबार, मंसिर ९, २०८१
पाकिस्तानमा तीन दिनमा ८२ जनाको मृत्युआइतबार, मंसिर ९, २०८१