Kathmandu Press

श्रीलंकाको मत्तालास्थित अन्तर्राष्ट्रिय विमानस्थल पुनः सञ्चालनमा

बिहीबार नै रूसको रेड विङ्स एयरलाइन्सको एक यात्रुवाहक विमान करिब ४०० यात्रु लिएर मत्ताला अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ। 
श्रीलंकाको मत्तालास्थित अन्तर्राष्ट्रिय विमानस्थल पुनः सञ्चालनमा

कोलम्बो, पुस १४ : श्रीलंकाको दक्षिणी सहर मत्तालामा रहेको दोस्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थलले दुई वर्षपछि बिहीबारदेखि अन्तर्राष्ट्रिय उडान शुरु गरेको छ। 

बिहीबार नै रूसको रेड विङ्स एयरलाइन्सको एक यात्रुवाहक विमान करिब ४०० यात्रु लिएर मत्ताला अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ। 

रेड विङ्स एयरलाइन्सले मट्टाला अन्तर्राष्ट्रिय विमानस्थलमा हप्तामा दुई उडान गर्ने भएको छ, जुन विगत दुई वर्षदेखि इन्धन भर्न र आपतकालीन अवस्थामा डाइभर्ट गरिएका विमानका लागि प्रयोग हुँदै आएको छ। 

पछिल्लो दुई वर्षमा केही कार्गो जहाज र चार्टर्ड उडान पनि विमानस्थलमा अवतरण भएका छन्। श्रीलंका सरकारले मट्टालामा अवतरण गर्न चाहने उडानका लागि केही सहुलियत दिएको छ।

श्रीलंकाको कोलम्बोस्थित मुख्य विमानस्थलमा अवतरण र पार्किङ शुल्कमा छुट दिने व्यवस्था गरिएको छ।

प्रकाशित मिति: १७:५८ बजे, बिहीबार, पुस १४, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्