स्कुल बस र टेम्पु ठोक्किँदा एकको मृत्यु
सिरहा, फागुन १ : पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको मिर्चैया नगरपालिका–५ स्थित सडकमा स्कुल बस र टेम्पु एकापसमा ठोक्किँदा एकको मृत....

सिरहा, फागुन १ : पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको मिर्चैया नगरपालिका–५ स्थित सडकमा स्कुल बस र टेम्पु एकापसमा ठोक्किँदा एकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गएको ना ४ ख ४९०४ नम्बरको स्कुल बस र विपरीत दिशाबाट आउँदै गरेको ना ३ च ३४२० नम्बरको टेम्पु एकापसमा ठोक्किएका हुन् ।
दुर्घटनामा टेम्पुमा सवार मिर्चैया नगरपालिका–२ निवासी २७ वर्षीय वीरेन्द्र साहको मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक सुकदेव खनालले बताए ।
प्रकाशित मिति: १३:३० बजे, बुधबार, फागुन १, २०७५
प्रतिक्रिया दिनुहोस्
थप समाचार











