Kathmandu Press

दक्षिण कोरियाको सुरुङमा आगलागी हुँदा छ जनाको मृत्यु 

स्थानीय समयानुसार बुधबार दिउँसो १ बजेर ४९ मिनेटमा आगलागी भएको हो।
दक्षिण कोरियाको सुरुङमा आगलागी हुँदा छ जनाको मृत्यु 

सियोल, पुस १४ :  दक्षिण कोरियाको राजधानी सियोलबाट करिब २० किलोमिटर दक्षिणमा रहेको ग्वाचेओनमा रहेको दोस्रो ग्योन्गिन एक्सप्रेसवेको ध्वनि प्रतिरोधी सुरुङमा लागेको आगलागीमा परी ६ जनाको मृत्यु भएको कोरियाली समाचार संस्था, योनहाप न्यूज एजेन्सीले बिहीबार जनाएको छ।

स्थानीय समयानुसार बुधबार दिउँसो १ बजेर ४९ मिनेटमा आगलागी भएको हो। बस र ट्रकबीचको ठक्करपछि दुर्घटना हुँदा आगलागी भएको र सुरुङमा आगो फैलिएको विश्वास गरिएको थियो।

Hardik ivf

आगलागीबाट विषाक्त ग्यास निस्किएपछि यसबाट प्रभावित थप २० जनाको उपचार भइरहेको छ। दमकल अधिकारीहरूले आगो निभाउन करिब ५० दमकल र उपकरणका साथै करिब १४० दमकल परिचालन गरेका थिए।   दिउँसो २ः४० बजे आगो लगभग नियन्त्रणमा आएको थियो। 

प्रहरी र दमकलले दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन अनुसन्धान सुरू गरिसकेको बताइएको छ। 

प्रकाशित मिति: १५:१४ बजे, बिहीबार, पुस १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्