Kathmandu Press

अमेरिकामा हरेक हप्ता कम्तीमा ४८ हजार बालबालिकालाई कोभिड संक्रमण

पछिल्ला केही हप्ता यस्तो अवस्था देखिएको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन्। उनीहरुका अनुसार पछिल्ला हप्ताहरुमा अमेरिकामा बालबालिकामा कोभिडको सङ्क्रमण बढेको पाइएको हो।
अमेरिकामा हरेक हप्ता कम्तीमा ४८ हजार बालबालिकालाई कोभिड संक्रमण

लस एन्जलस, पुस १४ :  संयुक्त राज्य अमेरिकामा हरेक हप्ता कम्तीमा पनि ४८ हजार जना बालबालिकालाई कोभिडको सङ्क्रमण हुने गरेको छ।

पछिल्ला केही हप्ता यस्तो अवस्था देखिएको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन्। उनीहरुका अनुसार पछिल्ला हप्ताहरुमा अमेरिकामा बालबालिकामा कोभिडको सङ्क्रमण बढेको पाइएको हो।

अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्स र अमेरिकी बालबालिका अस्पतालहरुको संगठनले बुधबार यस्तो तथ्यांक दिएका हुन्।

यहाँ कोभिड सङ्क्रमण सुरु भएदेखि एक लाख ५२ लाख बालबालिकालाई कोभिडको सङ्क्रमण भएको पनि ती संस्थाले जानकारी दिएका छन्।

ती तथ्यांकमा गएका चार हप्तामा मात्र एक लाख ६५ हजार बालबालिका थपिएका हुन्। अमेरिकाका कतिपय राज्यमा अहिले चिसोले निकै सताएको छ। त्यहाँ चिसोका कारण कैयौँ मानिसको ज्यान पनि गएको छ।

यस अवस्थामा यहाँ पछिल्ला हप्ताहरुमा बालबालिकामा कोभिडको संक्रमण बढ्दै गएको देखिएको छ। यहाँका स्वास्थ्य अधिकारीहरुले उमेर समूहका आधारमा कोभिड सङ्क्रमितहरुको तथ्याङ्क तयार गरेर विश्लेषण गर्नुपर्ने अवस्था आएको पनि बताएका छन्। 

प्रकाशित मिति: १२:४६ बजे, बिहीबार, पुस १४, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्