स्पेनले लेबनानमा रहेको संयुक्त राष्ट्रसङ्घीय मिसनलाई सघाउने
त्यसक्रममा उनले लेबनानमा रहेको स्पेनको सैन्य समूहको कार्यको पनि निरीक्षण गरेका छन्। हाल लेबनानमा संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसन (युनिफिल) रहेको छ।संयुक्त राष्ट्रसंघ, पुस १४ : स्पेनले हाल लेबनानमा कार्यरत रहेको संयुक्त राष्ट्रसङ्घीय मिसनलाई थप सहयोग गर्ने इच्छा व्यक्त गरेको छ। स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले सो इच्छा व्यक्त गरहेकाे बताइएको छ। उनी लेबनान भ्रमणमा छन्।
त्यसक्रममा उनले लेबनानमा रहेको स्पेनको सैन्य समूहको कार्यको पनि निरीक्षण गरेका छन्। हाल लेबनानमा संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसन (युनिफिल) रहेको छ। सो मिसनले यहाँ शान्ति स्थापना गरी यहाँको आन्तरिक संकट र विद्रोहलाई शान्तिपूर्ण माध्यमबाट समाधानका गर्न काम गरिरहेको जनाएको छ।
यहाँ स्पेनको सैन्य बटालियन सन् २००६ देखि नै काम गरिरहेको छ। स्पेन लेबनानमा शान्ति सेना पठाउने सबैभन्दा ठूलो देश हो। स्पेनका प्रधानमन्त्री सान्चेजले हालैका वर्षहरुमा लेबनानले सिरियाली र अरु शरणार्थीहरुलाई शरण दिइरहेको विषय प्रशंसा पनि गरेका थिए।
साथै उनले आगामी दिनमा स्पेनले लेबनानलई विभिन्न हिसाबले सहयोग पुर्याउने भन्दै स्पेनले युरोपियन युनियनमार्फत सहयोग गर्ने बाचा पनि गरेका थिए।
यसैबीचमा लेबनानी प्रधानमन्त्री नजिब मिकाटीले पनि स्पेन सरकारलाई धन्यवाद दिएको थियो। स्पेनले ६ सयभन्दा बढी शान्ति सैनिक पठाएर लेबनानमा शान्तिका लागि सहयोग गरेको भन्दै प्रधानमन्त्री नाजिबले स्पेनका प्रधानमन्त्रीलाई धन्यवाद ज्ञापन गरेका हुन्।