प्राधिकरणले भारतलाई थप दुई आयोजनाको बिजुली बेच्न पाउने
भारतीय इनर्जी एक्स्चेन्ज (आईएक्स)को डे अहेड बजारमा प्रतिस्पर्धामार्फत थप ४३ मेगावाट बिजुली बेच्न प्राधिकरणले स्वीकृति पाएसँगै भारतमा बिजुली निर्यात हुने आयोजनाको संख्या १० पुगेको छ।
काठमाडौं, पुस १२ : नेपाल विद्युत् प्राधिकरणले थप दुई आयोजनाको ४३ मेगावाट बराबर बिजुली भारतमा निर्यात गर्न अनुमति पाएको छ।
भारतीय इनर्जी एक्स्चेन्ज (आईएक्स)को डे अहेड बजारमा प्रतिस्पर्धामार्फत थप ४३ मेगावाट बिजुली बेच्न प्राधिकरणले स्वीकृति पाएसँगै भारतमा बिजुली निर्यात हुने आयोजनाको संख्या १० पुगेको छ।
अहिले काबेली बी १ को २४।२५ मेगावाट र तल्लो मोदी आयोजनाको १९।४ मेगावाट बिजुली भारतमा बेच्न प्राधिकरणले स्वीकृति पाएको हो। अब नेपालले १० आयोजनाको कुल ४५२ मेगावाट बिजुली भारतलाई बेच्न स्वीकृति पाएको छ।
प्राधिकरणले आईएक्सको प्रतिस्पर्धी बजारमै विद्युत् बिक्री र खरिद गर्दै आएको छ ।
नेपालले यसअघि नै भारतमा बिजुली निर्यात गर्न अनुमति पाएका आयोजनाहरुमा चिलिमे, सोलुखोला, मर्स्याङ्दी, मध्य मर्स्याङ्दी, त्रिशुली, देवीघाट, कालीगण्डकी ए र लिखु छन् ।
प्रकाशित मिति: १९:४२ बजे, मंगलबार, पुस १२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार