Kathmandu Press

अढाई वर्षपछि खुल्यो रसुवा गढी नाका, पहिलो दिन ५० बढीको सामान निर्यात

नाका खुलेको पहिलो दिन ५० लाख भन्दा बढीको सामान निर्यात भएको रसुवा भन्सार कार्यालयले जनाएको छ।
अढाई वर्षपछि खुल्यो रसुवा गढी नाका, पहिलो दिन ५० बढीको सामान निर्यात
फाइल तस्बिर

काठमाडौं, पुस १२ : चीनसँग जोडिएको सुरुवागढी नाका अढाई वर्षपछि खुलेको छ। कोभिड महामारी सुरु भएपछि बन्द भएको नाका ३१ महिनापछि आजबाट खुलेको हो।

नाका खुलेको पहिलो दिन ५० लाख भन्दा बढीको सामान निर्यात भएको रसुवा भन्सार कार्यालयले जनाएको छ। पहिलो दिन नेपालबाट बाँसको मुढा, तामाका भाँडा लगायतका वस्तु निर्यात भएको बताइएको छ।

२०७६ चैतमा सरकारले नेपाल भित्रिने सबै नाका सिल गरेयता सो नाकाबाट नेपाली वस्तु निर्यात ठप्प थियो। तत्कालका लागि चीनले रसुवागढी नाका मात्रै खोलेको हो ।

सोमबार मात्रै ल्हासास्थित नेपाली महावाणिज्य दूतावासलाई चिनियाँ अधिकारीले नाकाबाट नेपाली वस्तु आयात खोल्ने जानकारी गराएका थिए । सो बारेको जानकारी महावाणिज्य दूतावासले रसुवा जिल्ला प्रशासन र भन्सार कार्यालयलाई गराएको र सोही बमोजिम मंगलबार सांकेतिक रुपमा नेपाली वस्तु निर्यात सुरु गरिएको हो ।

 

प्रकाशित मिति: १८:५१ बजे, मंगलबार, पुस १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्