कर्णाली प्रदेश सांसद्ले लिए शपथ
प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम कर्णाली प्रदेशसभाको सदस्य पदमा निर्वाचित ज्येष्ठ सदस्य शाहले निर्वाचित अन्य सदस्यहरूलाई शपथ गराए।सुर्खेत, पुस ११ : कर्णाली प्रदेशसभाका नवनिर्वाचित सदस्यहरूद्वारा पद तथा गोपनीयताको शपथ लिनुएका छन्। कर्णाली प्रदेशसभाका ज्येष्ठ सदस्य विनोदकुमार शाहले प्रदेशसभा सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।
प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम कर्णाली प्रदेशसभाको सदस्य पदमा निर्वाचित ज्येष्ठ सदस्य शाहले निर्वाचित अन्य सदस्यहरूलाई शपथ गराए।
६६ वर्षीय ज्येष्ठ सदस्य शाहलाई कर्णाली प्रदेश प्रमुख तिलक परियारले आजै शपथ गराएका थिए। उनले सभामुख र उपसभामुखको निर्वाचन नहुञ्जेलसम्म सभामुख भएर अध्यक्षता ग्रहण गर्ने छन्।
कर्णाली प्रदेशसभामा नेपाली कांग्रेसका १४, नेकपा ९माओवादी केन्द्र०का १३, एमालेका १०, नेकपा एकीकृत समाजवादी र राप्रपाका एक÷एक र एक स्वतन्त्र गरी ४० प्रदेशसभा सदस्य रहेका छन् ।
तीमध्ये २४ प्रत्यक्ष र १६ जना समानुपातिक प्रणालीबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।